+
+

पोखरामा धनराज ३२६० मतले अगाडि, मञ्जुभन्दा कोपिला १६१२ मतले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ९:५२

८ जेठ, पोखरा । पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम छ । आचार्य एकीकृत समाजवादीका र गुरुङ नेकपा एमालेका उम्मेदवार हुन् ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका छन् । एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाएका छन् ।

यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् । मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाकी रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?