+
+

बाँकेका सात पालिका प्रमुखले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १२:४९

८ जेठ, बाँके। बाँकेको सात वटा स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् ।

एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ दिलाएका छन् ।

आइतबार नेपालगञ्जमा सपथ ग्रहण समारोहमार्फत बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले सपथ लिएका छन् ।

त्यस्तै आइतबार बिहानै नेपालगञ्ज उपमहानगरपालिका नव निर्वाचित मेयर प्रशान्त बिष्टले सपथ खाएका छन् भने यसअघि नै नव निर्वाचित बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकलाई संयुक्त रुपमा सपथ लिएका छन् ।

अब एक मात्र नगरपालिका कोहलपुरको मतगणना परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

कोहलपुरमा नेपाली कांग्रेसबाट पुर्ण आचार्य, नेकपा एमालेबाट खिल प्रसाद भुसाल र नेकपा माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने मेयर पदमा लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?