+
+

सिद्धार्थ बैंक ‘बेष्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:१०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अप्रेसन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइन्यान्स कोअपरेसन (आईसीएफसी)ले आयोजना गरेको १० औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आईसीएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको थियो । जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।

आईसीएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो । शुक्रबार आयोजित विशेष कार्यक्रममा आईसीएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो ।

उपाधि प्राप्तिलाई बैंकले आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरीय सेवा प्रदान गर्ने प्रेरणाको रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?