
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।
हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ भने ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा प्रभातफेरी निकालेको छ ।
१०३ शाखाहरुबाट करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिंदै अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4