+
+

सर्लाहीको बरहथवामा एमाले विजयी, कल्पना बनिन् एकमात्र महिला मेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ८:३१

९ जेठ, सर्लाही । बरहथवा नगरपालिका, सर्लाहीको नगर प्रमुखमा नेकपा एमालेकी नेतृ कल्पना कुमारी कटुवाल विजयी भएकी छन् ।

कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भइन् । उनले १२ हजार २७३ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोले ६ हजार ६६६ मत मात्रै पाए । नगरप्रमुखमा निर्वाचित कटुवाल २०७४ सालको निर्वाचनमा भने माओवादीका महतोसँग नै पराजित भएकी थिइन् ।

नगर प्रमुखका अर्का प्रत्यासी नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ६ हजार ५५ मत पाएका छन् ।

कटुवाल सर्लाहीमा पहिलो महिला नगरप्रमुख समेत बनेकी छन् । २०७४ सालमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चारवटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको छ ।

यस्तै, बरहथवा नगरपालिकाको उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ । एमालेका रामबाबु प्रसाद साह ९ हजार ९०१ मत ल्याएर उपप्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत मात्रै ल्याएकी छन् ।

निवर्तमान नगर उपप्रमुख माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो बनिन् । माझीले ६ हजार ३१४ मत पाइन् ।

सर्लाहीका २० पालिकामध्ये नेपाली कांग्रेसले १२ पालिका जितेको छ । माओवादी केन्द्रले ४, जसपाले २ तथा नेकपा एमाले र लोसपाले १–१ पालिका जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?