+
+

काठमाडौं-बनारस हवाई उडान पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १२:२५

९ जेठ, काठमाडौं । काठमाडौंबाट बनारसका लागि सिधा हवाई उडान पुनः सुरु भएको छ । यस रुटमा बुद्ध एयरले उडान गरिरहेको छ ।

कोभिड-१९ महामारीपछि सोमबार काठमाडौंबाट बनारसमा पहिलो उडान भएको हो । बुद्ध एयरका अनुसार अब सातामा दुई दिन (सोमबार–शुक्रबार) यो रुटमा उडान हुने भएको छ ।

यस रुटबाट नेपाल र भारतका दुई चर्चित धार्मिक गन्तब्य पशुपतिनाथ र विश्वनाथ मन्दिर जोडिन्छन् ।

साथै गौतमबुद्धसँग जोडिएका अन्य गन्तव्य सारनाथसहितका समेत वनारस आसपास मै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?