+
+

मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी

अदालतबाट आज अनुसन्धानका लागि म्याद लिइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १५:२७

९ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ ।

बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले अनलाइनखबरलाई बताए ।

गिरीका अनुसार दुई जाहेरीका आधारमा अनुसन्धानका लागि म्याद थप गर्न पाण्डेलाई सोमबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराइएको छ । उनले भने, ‘सरकारी वकिलमार्फत म्याद थप गर्नका लागि लगेका छौं, दुई मध्ये कुनै एकमा म्याद थप हुन्छ र थप अनुसन्धान अघि बढ्छ ।’

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि एक वर्षे हदम्याद तगारो बनेको थियो । अहिले बलात्कारको कसूरमा रहेको हदम्याद हटाउन माग गर्दै सडकदेखि सदनसम्म तातेको छ । तत्कालका लागि मानवबेचबिखन सम्बन्धी कसूरमा म्याद थपेर अघि बढ्ने निर्णय भएको घटनाको छानविनका लागि बनेको समितिका एक अधिकारीले बताए ।

उनका अनुसार यसअघि पाण्डेलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी थियो । तर महान्यायाधिवक्ता कार्यालयको राय र अन्य कानून व्यवसायीहरुसँगको छलफलपछि मानवबेचबिखनविरुद्धको कसूरमा अनुसन्धान अघि बढाउने टुंगो लागेको छ ।

पीडितको सोमबार नै अदालतमा बयान प्रमाणितसमेत गराइने एसएसपी गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?