+
+

पोखरा महानगर प्रमुखमा धनराज, उपप्रमुखमा मञ्जुदेवी निश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:२३

१० जेठ, पोखरा । पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित भएको छ ।

१ लाख ३९ हजार मत गणना हुँदा दुवैको गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।

३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि छन् ।

उनले हालसम्म ५७ हजार ७२ मत पाएका छन् भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् ।

पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

पोखराको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका आचार्यको जित निश्चित हुँदा उपमेयरमा भने नेकपा एमालेले बाजी मार्ने पक्का भएको छ । महानगरमा लोकप्रिय मतसहित ३ हजार ९९० मतान्तरले अगाडि छिन् ।

उपमेयरमा दोहोरिने निश्चित भएकी नेकपा एमालेकी गुरुङले ५९ हजार ७० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत ल्याएकी छन् ।

पोखरा महानगरमा हालसम्म ३० वटा वडाको नतिजा आइसकेको छ । जसममध्ये नेपाली कांग्रेसले २२ वटा वडामा जित निकालेका छ भने नेकपा एमालेले ८ वटा वडामा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?