+
+
नीति तथा कार्यक्रम :

विद्यालयमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:२६

१० जेठ, काठमाडौं । सकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म पाठ्यक्रम शिक्षा प्रणाली, परीक्षण प्रणाली र भौतिक पूर्वाधारमा सुधार गर्ने घोषणा गरेको छ ।

गुणस्तरीय, अनिवार्य शिक्षाका लागि विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष अधिकतम सार्वजनिक विद्यालयमा न्यूनतम पूर्वाधार निर्माण कार्य सम्पन्न गराइने उल्लेख छ ।

विज्ञान, गणित, अंग्रेजी र प्रविधि विषय शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गुणस्तरीय राष्ट्रिय शिक्षाको मानक पूरा गर्ने विशिष्टिकृत नमुना विद्यालय सञ्चालनमा ल्याउने पनि सरकारको घोषणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?