+
+

नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:५५

काठमाडौं । सरकारले नेपाललाई विदेशी फिल्म छायांकनकको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरिन् ।

फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना पनि उनले सुनाइन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?