+
+

ललितपुरको सातदोबाटोमा टाटा मोटर्स कारको शोरुम विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १९:०७

काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा कम्पनीको शोरुम विस्तार गरेको छ । सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिबाट बिक्री शुरु गरेको हो ।

टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिको प्रतिबद्धता अनु‍सार कम्पनीले आफनो सञ्जाल देशैभर फैलाउने क्रममा उक्त शोरुम सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

नयाँ शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका अजित सिंह, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापती, विभिन्न विभागका प्रतिनिधिहरुलाई जेबी अटोमोटिभका अध्यक्ष जेबी घिसिङ र ज्योती बानियाँले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?