
१० जेठ, काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत कांग्रेसका पूर्व प्रधानमन्त्रीका नामबाट विभिन्न योजना अघि सारेको छ ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालका नाममा नवलपरासीको गैंडाकोटमा अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्व प्रधानमन्त्री कोइरालाकै नाममा रहेको बीपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी एण्ड साइन्स म्युजियमको स्तरोन्नति गरिने छ ।
पारमाणविक स्रोत तथा प्रविधि खोज, अध्ययन एवं अनुसन्धानलाई सहज बनाउन रेडियोधर्मी पदार्थ र विकिरण सुरक्षा नियमनको व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी थिइन् । नवलपुरको गैंडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कांग्रेसका अर्का पूर्व सभापति कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान सञ्चालनमा ल्याउने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गरिने गरि उक्त प्रतिष्ठान गठन गर्न लागेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया 4