+
+

त्रियुगामा २०० मत गन्दा कांग्रेसलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २०:१०

जेठ १०, उदयपुर । त्रियुगा नगरपालिकाको मतगणनाको सुरुवातमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । पहिलो २०० मत गणनाको परिणाम अनुसार नगरको प्रमुख पदमा नेपाली कांग्रेसका वसन्त बस्नेतको ८८ मत आएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीको ४७ र नेकपा एमालेको भागवत राउतको ३१ मत आएको छ ।

उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी उपप्रमुख उम्मेदवार सरिता राईको ७४, एमालेकी महेश्वरी राईको ३९ र नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको १४ मत आएको छ ।

वडाध्यक्षमा पनि कांग्रेसको नै अग्रता छ । कांग्रेसका मनोजकुमार चौधरीको ७५, एमालेको दिलिपकुमार चौधरीको ३६ र नेकपा एकीकृत समाजवादीका सुकुमार चौधरीको ७ मत आएको छ ।

वडाध्यक्षमा दोस्रो बढी मत स्वतन्त्र उम्मेदवार नारायण प्रसाद ढकालले ५६ पाएका छन् । त्रियुगामा ढिलो गरी म‌ंगलबार मात्र मतगणना सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?