+
+

तुलसीपुरको उपप्रमुखमा एमाले जित नजिक, मेयरमा पनि अघि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते २०:२१
फाइल तस्वीर

१० जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिकामा  मतगणना अन्तिम चरणमा पुग्दा उप्रमुखमा एमालेकी स्यानी चौधरी जित नजिकै पुगेकी छिन् ।

१० हजार मतगणना हुन बाँकी रहँदा उनले  गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई ८ हजार ३०९  मतान्तरले पछाडि पारेकी छन् ।

चौधरीले २६ हजार ९१८ मत प्राप्त गर्दा रानाले १८ हजार ६०९ मत प्राप्त गरेका छन् ।

यस्तै तुलसीपुरमा एमालेका मेयरमा टीकाराम खड्काले अग्रता लिएका छन् । ६४ हजार बढी मत गणना हुँदा एमालेका टिकाराम खड्काले २७ हजार ३५२ मत ल्याएका छन् ।

उनी गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी भन्दा २ हजार ४४८ मतले अघि छन् । कांग्रेसका गिरीले २४ हजार ९०४ मत प्राप्त गरेका छन् ।

तुलसीपुरमा १९ वटा वडा नं. १ देखि १६ सम्मको नतिजा आइसकेको छ भने १७, १८ र १९ वडामा मतगणना जारी छ ।  १८ र १९ वडामा एमाले फराकिलो मतले अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?