+
+

माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १४:५३

११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।

बुधबार बसेको माअ‍ोवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठकले देशभर पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

छलफलमा सहभागी पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यका अनुसार माओवादी केन्द्रका तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई जेष्ठ १७ र १८ गते काठमाडौंमा प्रशिक्षण दिइने छ । प्रशिक्षण नयाँ जनप्रतिनिधिले गर्ने कामबारे विस्तृतमा सिकाइने आचार्यले जानकारी दिए ।

माओवादी केन्द्रबाट १ सय २१ पालिका प्रमुख र १ सय २८ पालिका उपप्रमुख निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?