+
+

माओवादीको निष्कर्ष : आन्तरिक कमजोरीले कम सिट जितियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १५:२१

११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकमा निकालिएको बताए । ‘मूलभूत रुपमा गठबन्धन सफल नै भयो भन्ने नै निष्कर्ष बैठकको रह्यो’ आचार्यले अनलाइनखबरसँग भने, ‘१५० भन्दा बढी पालिकामा जित्नुपर्थ्यो । तर हाम्रो आन्तरिक पार्टी संगठनको कमजोरीका कारणले कम आयो ।’

चुनावको विस्तृत समीक्षा भने जेठ २० गते बोलाइएको केन्द्रीय समितिको भर्चुअल बैठकमा हुने आचार्यले बताए । स्थानीय तहको चुनावअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीबारे पार्टीभित्र देखिएको विवाद, पदाधिकारी चयन गर्नेलगायतका एजेन्डामा निर्णय गर्न जेठ २० गते बैठक बस्ने निर्णय गरेको थियो ।

तर, माओवादीले उक्त बैठकलाई भर्चुअल बनाउँदै चुनावी समीक्षामा मात्रै केन्द्रित गर्ने भएको छ। आचार्यले भर्चुल बैठक चुनावी समीक्षा केन्द्रित हुने र पदाधिकारी छनोट लगायतका विषयमा असारमा बस्ने भौतिक बैठकमा निर्णय हुने बताए।

स्थानीय पालिकाहरुले असार १० गते बजेट ल्याएपछि मात्रै केन्द्रीय समितिको भौतिक बैठक बस्ने उनको भनाइ छ।

स्थानीय तह चुनावमा माओवादीले १२१ वटा पालिकामा प्रमुख र १२८ वटा पालिकामा उपप्रमुख जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?