+
+

आँचल भन्छिन्- पहिलोपटक नायिकाजस्तो महसुस भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १६:०९

काठमाडौं । ‘नाइँ नभन्नु ल ४’ फिल्मबाट डेब्यु गरेकी आँचल शर्माले करिअरमा पाँच फिल्ममा अभिनय गरिन् । उनको नयाँ फिल्म ‘वर एण्ड वधु’ जेठ अन्त्यदेखि छायांकन हुँदैछ ।

बुधबार भव्य शैलीमा गरिएको पत्रकार सम्मेलनमा नायिकाको रुपमा आँचलको इन्ट्री पनि ‘भव्य’ नै भयो । स्टाइलिस गाउनमा आइपुगेकी आँचललाई स्वागत गर्न रेडकार्पेटमा आकर्षक लाइटिङ पनि गरियो ।

क्यामेराको चम्किलो प्रकाश, फोटोसुट, ब्याकग्राउन्ड स्कोर र लोकेसन भव्यताले उनको इन्ट्रीलाई भव्य नै तुल्यायो । यही भव्यतातर्फ संकेत गर्दै उनले आफूलाई पहिलोपटक नेपालकी नायिकाजस्तो महसुस भएको बताइन् ।

‘मलाई फस्टटाइम नेपालकी नायिकाजस्तो फिल भयो । म आफूलाई नायिका मान्दिनँ । म कलाकार मात्र हुँ । भव्य कार्यक्रममा सहभागिता पहिलोपटक जनाएकी हुँ । अविष्मरणीय कार्यक्रम बन्न पुगेको छ,’ आँचलले भनिन् ।

आफूले आयोजना गरेका कार्यक्रमलाई भव्य तुल्याउन निर्देशक मिलन चाम्सले यसअघि विभिन्न शैलीलाई पछ्याएका छन् । ‘लिलिबिली’को पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्काको लागि अंगरक्षक व्यवस्था गर्दा यसले चर्चा बटुल्यो ।

ह्याप्पी डेज र वीरविक्रमको प्रिमियरमा ब्यान्ड बाजासहित प्रस्तुति दिइएको थियो । ‘वर एण्ड वधु’को पत्रकार सम्मेलनमा आँचल मात्र होइन, नवनायक कर्माचार्यको इन्ट्री पनि यसरी नै गरियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?