+
+

काठमाडौंमा मोडर्ना र फाइजर खोप दिइँदै, कसले पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १४:४४

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ ।

महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।

पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।

दोस्रो डोज र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?