+
+

सांसद तामाङको प्रस्ताव : युवालाई गाँजाको बोट समातेर गाउँ पठाऔं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १५:०६

१२ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले युवालाई गाँजा खेतीमा आकर्षित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले विदेशिएका युवाहरुलाई गाँजाको बोट समातेर गाउँ पठाउँदा कृषिमा आकर्षण देखिने विश्वास व्यक्त गरे ।

सांसद तामाङले जाँगा खेतीलाई खुला गर्ने गरी यसअघि नै गैर सरकारी विधेयक प्रतिनिधिसभामा दर्ता गरेका छन् । उक्त विधेयक छलफलमा अगाडि बढेको छैन । उनले उक्त विधेयकलाई छलफलमा ल्याएर पास गर्नका लागि समेत आग्रह गरे ।

‘कृषिमा आकर्षण दिन संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लिएर आऔं, पारित गरेर वैधानिक बनाऔं’ उनले थपे, ‘यसो गर्दा हरियो पासपोर्ट बोकेर विदेश जानेहरु जो छन तिनै युवाहरुलाई हरियो गाँजाको बोट समातेर गाउँ पठाउनेछौं । यसले अर्थतन्त्रमा टेवा पुर्याउने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?