+
+
Shares
कविता :

आशा र सपना

आनन्द सुवेदी आनन्द सुवेदी
२०७९ जेठ १२ गते १७:२६

मैले हिजो राति एउटा सपना देखें छोरी

अब उनीहरु हुल बनेर आउँछन्

मरुन कोट र कालो चश्मा लगाएर

बालेन्द्र (बालेन) जस्तै आउँछन्

ढाकाटोपी र सर्ट–पाइन्ट लगाएर

गोपाल हमाल (गोपी) जस्तै आउँछन्

खुजमुजिएको कमिज र चप्पल लगाएर

हर्क साम्पाङ जस्तै आउँछन्

उनीहरु एक हुल बनेर आउँछन्

अब उनीहरु सहरमा मात्र होइन

गाउँगाउँमा

टोलटोलमा आउँछन्

अब उनीहरु दलको दलदल मास्नलाई आउँछन्

अब उनीहरु जनताको अलमल मास्नलाई आउँछन्

 

उनीहरु

लौरो बनेर असहायको सहारा बनेर आउँछन्

दण्ड बनेर दुष्ट र भ्रटलाई लखेट्दै आउँछन्

हुरी बनेर कसिंगर उडाउँदै आउँछन्

कुचो बनेर फोहोर सोहोर्दै आउँछन्

उनीहरु छिट्टै आउँछन्

झन् तागतदार बनेर आउँछन्

हो छोरी उनीहरु

बलात्कृतको बिलौना सुन्ने गरी आउँछन्

सुस्मिताको सुस्केरा सुन्ने गरी आउँछन्

निर्मलालाई न्याय दिने गरी आउँछन्

भ्रष्टहरुलाई शूली चढाउने गरी आउँछन्

बलात्कारीको बलि दिने गरी आउँछन्

हत्यारालाई फाँसी दिने गरी आउँछन्

हो छोरी अब

टोलटोलमा हर्कहरु, गोपीहरु र बालेनहरु जन्मिन्छन्

र,

बदमासहरुको हरिबिजोक बनाउँछन्

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?