+
+

सत्यमोहन जोशी र गिरीश गिरीलाई उत्तम शान्ति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:२८

काठमाडौं । यस वर्षको उत्तम शान्ति पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशी र पत्रकार गिरीश गिरीलाई प्रदान गरिएको छ । हरेक वर्ष एक गैरआख्यान कृतिलाई दिइने यो पुरस्कार यसपटक जोशीको आत्मवृतान्त ‘सत्यमोहन’लाई प्रदान गरिएको हो ।

हरेक जेठ १२ गते साहित्यकार तथा रूपरेखा पत्रिका सम्पादक उत्तम कुँवरको जन्मदिनको अवसर पारेर उत्तम शान्ति पुरस्कार प्रदान गर्ने गरिएको छ । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

पुरस्कार वितरण समारोहमा ‘उत्तम शान्ति पुरस्कार ईतिवृत्त’ पुस्तक समेत सत्यमोहन जोशीका हातबाट विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?