+
+

सङबुङसँग बिहे गर्ने तयारीमा छन् राजेशपायल ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १६:०३

काठमाडौं । हरेक अन्तर्वार्ता र भेटमा गायक राजेशपायल राईलाई बिहेको प्रश्नले पछ्याइरहन्छ । उनी प्रश्नबाट भाग्न खोज्छन् वा समय आएपछि बिहे हुने रेडिमेड जवाफ त दिन्छन् ।

तर पछ्याउनु प्रश्नको विशेषता नै हो । यतिबेला भने राजेशपायल राईको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा चर्चा छ । उनी केही महिनायता एक युवतीसँग ‘गहिरो’ प्रेममा छन् ।

सङबुङ राई नामकी ती युवती र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । ‘उनीहरु जतिसक्दो चाँडो बिहे टुंगो लगाउने तयारीमा छन्,’ स्रोतले भन्यो, ‘बिहेको प्राविधिक तयारी भइरहेको छ ।’

प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको देखिन्छ । ४७ वर्षीय राजेशपायल र उनकी प्रेमिका एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको पनि चर्चा छ । सङबुङ राजेशपायलभन्दा आधा उमेरले कान्छी छिन् ।

सन् १९९५ मा पहिलोपटक रीमा रेकर्डिङको एल्बम ‘मुर्छना’बाट सांगीतिक करिअर थालेका राजेशपायलका थुप्रै गीत चर्चित छन् । पाश्र्व गायनमा समेत रुचाइएका उनले सयभन्दा बढी फिल्ममा गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?