+
+
Shares

ईश्वर पोखेललाई मिनेन्द्रको प्रश्न : तपाईंको सरकार हुँदा नागरिकता विधेयक किन अघि बढेन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १६:४४

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयकका सम्बन्धमा दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै पोखरेलले चुनाव प्रभावित पार्न नागरिकता विधेयक अगाडि बढाउन खोजिएको हो ? भनी सरकारलाई प्रश्न गरेका थिए ।

पोखरेलपछि बोल्दै कांग्रेस सांसद रिजालले प्रतिप्रश्न गरे, ‘तीन बर्ष बढी तपाईंको सरकार थियो, गृहमन्त्री त्यही सरकारको हुनुहुन्थ्यो । प्रस्तुत गर्नुभयो नागरिकता विधेयक ? त्यसबेला किन अगाडि बढेन नागरिक विधेयक ?’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक पास गरेर विधेयकको प्रतिवेदन संसदमा पेश गर्दा समेत अगाडि नबढाइएको भन्दै रिजालले एमाले उपाध्यक्ष पोखरेललाई प्रतिप्रश्न गरेका हुन् ।

नेता रिजालले वर्तमान सरकारलाई जति सक्दो चाँडो नागरिकता विधेक अगाडि बढाउन आग्रह गरे । ‘अहिले अनुरोध गर्दछु, माननीय गृहमन्त्रीजीलाई चाँडै गर्नुस् । थुप्रै नेपाली जनता नागरिकता नपाएर नागरिकताको हकबाट वञ्चित हुनुपरेको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?