+
+

मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १९:०८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान सहयोग गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान मानव कल्याण समाजलाई हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाका प्रमुख उज्वल श्रेष्ठले संयुक्त रुपमा उक्त सामान संस्थालाई हस्तान्तरण गरेका थिए ।

मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २ सय जनाभन्दा बढीलाई गाँस, बास ,कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?