+
+

कर घटाएर भएपनि मूल्य वृद्धि रोक्न पर्‍यो, नत्र भान्साबाटै विद्रोह सुरु हुनसक्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १३:१९

१४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नु पर्ने बताएका छन् ।

प्रतिनिधसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले मूल्य वृद्धि नरोकिए भान्साबाटै विद्रोह सुरु हुनसक्ने भन्दै कर घटाएर भए पनि रोक्नु पर्ने बताएका हुन् ।

‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । भान्साबाट विद्रोह सुरु हुन्छ कि भन्ने परिस्थिति बनेकै छ’ प्रचण्डले भने, ‘पेट्रोलियम पदार्थमा छिमेकी देशहरूले कर छुट दिएर मूल्य समायोजन गर्ने प्रयास गरेका छन् । हाम्रोमा पनि त्यसैगरी जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् । प्रधानमन्त्रीलाई भनेको छु कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नुपर्‍यो । अन्यथा जनतामा आक्रोश बढ्न सक्छ ।’

अन्तर्राष्ट्रिय राजनीति, कोरोनालगायतका कारण नेपाल पनि असर परेको भन्दै उनले सबैले यसको सामना सबै मिलेर गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?