+
+

ओलीलाई देउवाको जवाफ : जनमत कदर गर्नुको विकल्प छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १९:२९

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भनेपछि जवाफमा देउवाले यस्तो जवाफ दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शनिबार प्रधानमन्त्री देउवाले देशमा एकैपटक चुनाव गर्नु चुनौतीपूर्ण भएको बताए ।

सीमित स्रोत साधनका बाबजुद शान्तिपूर्ण र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको बताए । उनले अघि भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणमममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न । सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?