+
+

मधेशको आन्तरिक मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन, अब गृह तथा सञ्चार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते २०:५४

१४ जेठ, जनकपुरधाम । मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरिएको छ ।

प्रदेश स्थापना हुँदा आन्तरिक मामिला तथा कानुन नाम रहेको मन्त्रालयको एक बर्षअघि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको थियो । यो मन्त्रालयको नाम तेस्रो पटक परिवर्तन गरेर गृह तथा सञ्चार मन्त्रालय राखिएको छ ।

मन्त्री भरत साहले ६ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरिएको जानकारी दिए । मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको मन्त्री साहको भनाइ छ ।

उनका अनुसार जिम्मेवारी अनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको छ ।

सरकारमा सहभागी पूर्व राजपाका मन्त्रीलाई एक बर्षअघि बर्खास्त गरिएपछि सरकारलाई टिकाइराख्न मुख्यमन्त्री लालबाबु राउतले तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई फुटाएका थिए ।

उनले कानुन हटाएर कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय अलग्गै बनाएका थिए । यो मन्त्रालयको नेतृत्व नेकपा एकीकृत समाजवादीले पाएको छ । यो पार्टीका सांसद प्रमोद यादव यो मन्त्रालयका मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?