+
+

मोरङको महेशपुरमा फेला पर्‍यो पुरुषको शव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते ९:२०

१५ जेठ, विराटनगर । मोरङको कटहरीमा पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो ।

शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ ।

सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार शवको निधारको भागमा चोट छ । खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?