+
+

दाङमा मूल्य वृद्धिको विरोधमा अनशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १३:४९

१५ जेठ, दाङ । मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् ।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् ।

डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताए । ‘सरकारले गरेको मूल्य वृद्धिको विरोध अनशनबाट गर्न थालेका हौं,’ खनालले भने, ‘यो अनशन कहिले टुंगोमा पुग्छ थाहा छैन । सरकारले जहिले मूल्य वृद्धि फिर्ता गर्छ । त्यतिबेलासम्म हाम्रो आन्दोलन चलिरहन्छ ।’

लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीसहितको टोलीले आइतबार उनीहरु समक्ष पुगेर अनशन तोड्न आग्रह गरेका छन् ।

नगरपालिकाको टोलीले अनशनरत दुई जनाको स्वास्थ्य चेकजाचसमेत गरेको छ । अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य भए पनि अनशन नतोडिए स्वास्थ्य अवस्था गम्भीर हुँदै जाने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठाकुर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?