+
+

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १३:२६

१५ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०:०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?