+
+

मध्यपहाडी लोकमार्गलाई ९ अर्ब ३३ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:४६

१५ जेठ, काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९/०८० मा ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ ।

सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनर्दन शर्माले मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए ।

विभिन्न खण्डमा ठेकदारले गरेका ढिलाइका कारण यो आयोजना अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म पुग्ने यो सडकको कुल लम्बाइ १ हजार ७ सय ७६ किमि छ ।

यो आयोजना आव ०७४/७५ मा नै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्य पूरा हुन नसक्ने देखेपछि अहिले यो आयोजना आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

तर, अझै यो आयोजना सम्पन्न गर्न कति समय लाग्छ भन्ने अनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?