+
+

३ वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा सडक पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:२२

१५ जेठ, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा गरेको छ ।

२०७९÷८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले सडक सञ्जालमा जोडिन बाँकी रहेका स्थानीय तहको केन्द्रमा सडक पुर्‍याउने घोषणा गरेका हुन् ।

साथै सरकारले आगामी दुई वर्षभित्र देशभरका स्थानीय तहको भवन निर्माणको घोषणा गरेको छ । यो आर्थिक वर्षभित्र ७० वटा स्थानीय तहको भवन बन्नेछ । सकेसम्म स्थानीय तहको भवनका लागि सरकारले सरकारी जग्गा उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?