+
+

फिल्मको आयकरमा ५० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते २०:०७

काठमाडौं । सरकारले कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयकरमा छुट दिने बताएका हुन् ।

फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार सरकारको यस्तो घोषणाले फिल्म निर्मातालाई राहत पुग्नेछ ।

‘फिल्म निर्माताले कमाउने आयमा ५० प्रतिशत छूट दिइएको छ । यसले महामारी प्रभावित निर्मातालाई फाइदा पुग्नेछ,’ उनले भने । सरकारको यस्तो घोषणापछि साउनपछि रिलिज हुने फिल्मलाई लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?