+
+

बजेट प्रभाव : २०० सीसी माथिका मोटरसाइकलको मूल्य उच्च दरमा बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ३:३२

सरकारले २०० सीसी भन्दामाथिका मोटरसाइकलमा भारी दरमा कर बढाएको छ । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा  करको दर नचालएको सरकारले सरकारले त्यसभन्दा माथि ब्यापक हेरफेर गरेको छ ।

सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क २० प्रतिशतले बढाएको छ । यो रेन्जमा यसअघि ६० प्रतिशत रहेको अन्तशुल्क ८० प्रतिशत बनाइएको छ ।

यो समूहका बाइकमा यसअघि ३० प्रतिशत लाग्दै आएको भन्सार दर १० प्रतिशतले बढाएर ४० प्रतिशत बनाइएको छ । यसले नेपालमा ठूलो दरमा बिकिरहेको २२० सीसीमा बाइकहरुको मूल्य उच्च दरमा बढ्ने भएको छ ।

यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्ने गरेको थियो । २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा ७० प्रतिशत पुर्याएको छ । अन्तःशुल्क ८० प्रतिशत कायम पुगेको छ ।

५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

सरकारले १२५ देखि २०० सीसीम्मका मोटरसाइकलको करको दर घटाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?