+
+

टम क्रुजको ‘टपगन माभेरिक’ले कमायो एकैदिनमा २५० मिलियन डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ११:४२

काठमाडौं । एक्सन फिल्म ‘टपगन माभेरिक’ अभिनेता टम क्रुजको करिअरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । भेराइटी म्यागजिनका अनुसार उत्तर अमेरिकाका ४ हजार ७३२ पर्दाबाट रिलिज भएको फिल्मले पहिलो सप्ताहन्त १३४ मिलियन डलर कमायो ।

प्यारामाउन्ट र स्काइडान्स स्टुडियोको संयुक्त लगानीमा निर्माण भएको एक्सन एड्भेन्चर फिल्मले सोमबारसम्म १५१ मिलियन डलर कमाउने अपेक्षा छ । विश्व बक्स अफिसमा चाहिं यो फिल्मले पहिलो सप्ताहन्त २५० मिलियन डलर कमाउँदै सर्वाधिक ओपनिङ गर्ने अभिनेता क्रुजको पहिलो फिल्म बनेको छ ।

सन् १९८६ (२०४३ साल)मा रिलिज भएको यो फिल्मको सिक्वेल तीन दशकपछि प्रदर्शनमा आएको हो । फिल्मले मार्भलको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’को ओपनिङलाई पनि उछिनेको छ ।

क्रुजको ४० वर्षे करिअरमा यसअघि ‘वार अफ दी वल्र्डस्’ले ६४ मिलियन डलरको ओपनिङ गरेको थियो । नेपाली बक्स अफिसमा यो फिल्म आगामी शुक्रबार प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?