+
+

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १४:००

१६ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

पाण्डेलाई उपत्यका आपराध अनुसन्धान कार्यालयले ७ जेठामा स्वयम्भुबाट पक्राउ गरेको थियो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । यही प्रतियोगिताकी एक प्रतिष्पर्धीलाई बानेश्वरको एभरेष्ट होटलमा उनले बलात्कार गरेको अभियोग छ ।

लठ्ठिने औषधि मिश्रित ‘लेमनेड’ खुवाएर उनले बलात्कार गरेको पीडितको भनाइ छ । बलात्कार गरेको तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गरेको पनि उनले बताएकी छन् । उनले पाण्डेबाट यौन हिंसामा गरेको भन्दै ४ जेठमा २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् ।

घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् । तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको थियो ।

यही घटनाका कारण बलात्कारको मुद्दा हदम्याद हटाउने संकल्प प्रस्ताव हालै संसद्मा पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?