+
+

चुनाव लक्षित बजेट ल्याएको होइन : अर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १५:४९
पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

१६ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दावी गरेका हुन् ।

‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो’ उनले भने, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’

सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले भने, ‘त्यो चुनावी कुरा होइन ।’

उनले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?