+
+

निशा अधिकारीको मुख्य भूमिका रहने फिल्म ‘आँखा’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १६:५४

काठमाडौं । सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’को औपचारिक घोषणा भएको छ । निशा अधिकारीको मुख्य भूमिका रहने फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कास्ट र क्रिउबारे जानकारी दिइएको हो । योञ्जनकै पटकथा रहने फिल्ममा  निशाका साथै आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहने जनाइएको छ ।

साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीले पनि फिल्मा अभिनय गर्नेछन् ।

निर्देशक योञ्जनले ‘आँखा’ले व्यक्तिदेखि समाजसम्मकै वास्तविकता बताउँदै नेपाली समाजको एउटा पाटोलाई यसले चित्रण गर्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको भनिएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने उनको विश्वास छ ।

अभिनेत्री अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियसन भएका मेकरसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । पहिलो भेटमै स्क्रिप्ट चित्त बुझेपछि फिल्म गर्न तयार भएको निशाले बताइन् ।

आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दीपक आरजेको रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाले गर्नेछन् । वर्ष २०८० मा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?