+
+

बाघको आक्रमणबाट चितवनको राप्तीमा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १७:१४
फाइल तस्वीर ।

१६, जेठ, चितवन । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नं. १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जनाएका छन् ।

घटना लगत्तै अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरी टोलीले शब जाँच गरी मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?