+
+

आईएमईको ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १७:४५

काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमईले स्थापनाको २२औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा ग्राहकलाई लक्षित गरी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

काठमाडौंको पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको हो । यो योजना १५ जेठदेखि १५ असारसम्म कायम रहनेछ ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक यस योजनाले सेवाग्राही र आईएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

योजना अन्तर्गत देश तथा विदेशबाट आईएमईमार्फत् पठाइएको रकम नेपालभर रहेका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आईएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेताले आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजना अवधिभर जम्मा २० जना विजेताहरुले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्ने आईएमईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

योजनामा सहभागी हुने सेवाग्राहीमध्ये २१ जना विजेता घोषित हुनेछन् । सिस्टममा आधारित स्वचालित लक्की ड्रमार्फत विजेता घोषणा हुने आईएमईले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?