+
+

काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्धको जहाजमा समस्या देखिएपछि यात्रु ओरालियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १८:०१
फाइल तस्वीर

१६ जेठ, काठमाडौं । सोमबार काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरोलिएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको हो ।

‘जहाज ‘ट्याक्सी वे’सम्म पुगेको थियो, समस्या पहिचान भएपछि ‘पार्किङ वे’मा फर्काइएको छ,’ स्रोतले भन्यो, ‘समस्या के थियो भन्ने खुलेको छैन । वे’मा फर्काएपछि जहाजबाट यात्रुलाई ओरालिएको छ ।’

बुद्ध एयरका सूचना अधिकारीका अनुसार यात्रुलाई बुद्ध एयरकै अर्को जहाजमार्फत भद्रपुर पठाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?