+
+

सुन्दर हरिजनको मृत्युको छानबिन र दोषीलाई कारबाही गर : दलित आयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते २०:४१

१६ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा सुन्दर हरिजन मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

चोरी आरोपमा जेल परेका हरिजन आफ्नो कैद अवधि सकिएपछि पनि सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो । आयोगले सजाय पाउनुपर्ने व्यक्तिले उन्मुक्ति पाउनु र सजाय नै नपाउनुपर्ने व्यक्तिलाई नियोजित ढंगले जेल सजाय गरिनुमा गम्भीर लापरवाही भएको बताएको छ ।

यो घटनामा बाँके जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार प्रशासन बाँके, रोल्पा जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय र रोल्पा कारागार प्रशासनको गम्भीर लापरबाही भएको आयोगको भनाइ छ ।

‘यो घटनाले के दलित कसैको सट्टामा जेल बस्न र अनाहकमा मारिनका लागि जन्मेका हुन् भन्ने गम्भीर प्रश्न उठेको छ र यसले दलितको मानव अधिकारको अवस्था कस्तो छ भन्ने संकेत गर्दछ’ आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले यस विषयमा गम्भीर छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न र सुन्दर हरिजनको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?