+
+

पोखरा विमानस्थलमा एक घण्टासम्म उडान रोकियो, अहिले सामान्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १०:५२

१७ जेठ, पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि करिब एक घण्टासम्म उडान–अवतरण रोकिएको छ । बिहान नौ बजेपछि भने उडान–अवतरण जारी रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

हवाई जहाजमा तेल भर्न जाँदै गर्दा एउटा ट्यांकर रनवेको नजिकै पल्टिएर तेल पोखिएको थियो । ‘संवेदनशील क्षेत्रमा भएकाले आठ बजेदेखि नौ बजेसम्म उडान–अवतरण रोकियो, नौ बजेपछि भने अहिले नर्मल छ,’ पोखरा विमानस्थलका प्रवक्ता सुवेदीले भने ।

विमानस्थलमा तेल पोखिए पनि ठूलो क्षति भने हुन पाएन । पल्टिएको ट्यांकर क्रेनको सहायताले उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?