+
+

बेन्जेमा, बार्सिलोना, लेवाण्डोस्की र आफ्नै भविष्यबारे मेस्सीको सटिक टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १३:३८

१७ जेठ, काठमाडौं । लियोनल मेस्सी अक्सर पत्रकारहरुसँग कुराकानी गर्दैनन् । तर, जब गर्छन्, उनी प्रष्टसँग कुरा राख्छन् । जस्तो कि उनले पछिल्लो अन्तर्वार्तामा गरेका छन् ।

टीवाईसी स्पोर्टससँगको कुराकानीमा उनले बार्सिलोनाबाट आफ्नो वहिर्गमनदेखि पेरिसको माहोलमा अनुकुल हुन गरेको संघर्षबारे खुलेर बताएका छन् ।

उनले बालोन डी’ओर अवार्डका संभावित विजयी प्रष्ट पारे । रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिग खेलको एक इमानदार विश्लेषण गरे । कतार विश्वकपपछि आफ्नो अन्तर्राष्ट्रिय भविष्यको बारेमा पनि कुरा गरे ।

रियलविरुद्धको खेलबारे…

‘सर्वश्रेष्ठ टिमले सधैं जित्दैन । रियल मड्रिडले सबै पक्षहरुमा राम्रो गर्न सक्यो । उनीहरु च्याम्पियन हुन् र सधैं रहिआएका छन् । यो सिजन च्याम्पियन्स लिगमा उनीहरु सर्वश्रेष्ठ टिम थिएनन् ।’

पीएसजीमा आफ्नो पहिलो सिजनको आलोचनाबारे…

‘यो एक कठिन वर्ष रह्यो । यहाँको माहोलमा अनुकुल हुन सजिलो थिएन । मेरो पूरा जीवन एकै स्थानमा रहेपछि यो उमेरमा स्थानान्तरण हुन पनि सजिलो भएन । तपाई सानो उमेरमै यसो हुनु एउटा कुरा हो तर म त्यतिबेला यो अवस्था चाहिरहेको थिइनँ । मैले यसको कल्पनासम्म पनि गरेको थिइनँ ।’

जोआन लापोर्टाबारे...

‘जे भयो निकै नै खराव भयो । मसँग बार्सिलोनामा सबैकुरा थियो । सानै उमेरमा म यहाँ आएको थिएँ । म अर्जेन्टिनाको तुलनामा बार्सिलोनामा धेरै बसेको छु । वास्तविकता के हो भने मैले यहाँबाट बाहिर जाने योजना कहिल्यै बनाएको थिइनँ ।’

करिम बेन्जेमाबारे…

‘बालोन डी’ओरबारे कुनै सन्देह नै छैन । यो स्पष्ट छ कि बेन्जेमाको यो सिजन सानदार रह्यो । उनले च्याम्पियन्स लिग जिते । अन्तिम १६ चरणयता उनले हरेक खेलमा मौलिक प्रदर्शन गरे । मेरो विचारमा यस वर्षका लागि अन्य विकल्प नै छैन ।

रोवर्ट लेवाण्डोस्कीबारे…

‘म वास्तवमै उनको कुरामा सहमत छैन । तर मैले यसलाई धेरै महत्व दिएको छैन । उनी जे मनलाग्यो बोल्न सक्छन्, मलाई कुनै वास्ता छैन ।’

अर्जेन्टिनाका आलोचकबारे…

‘त्यो समूहले अनुचित कुरा गरेका छन् । हामीले त्यस समय राष्ट्रिय टिमका लागि सम्पूर्ण योगदान गरेका थियौं । तर, त्यो समूहबाट अनेक कुराहरु आइरहेको थियो । उनीहरुले दुव्र्यवहार गरे ।’

आफ्नै भविष्यबारे…

‘दोस्रोपल्ट भन्दै छु, विश्वकपपछि मैले धेरै कुराहरुमा पुनर्विचार गर्नुपर्नेछ । के गर्ने मलाई थाहा छैन । वास्तवमा म यसबारे सोचिरहेको छु । यो सोच्नु नै कठिन कार्य हो । तर, म अहिलेसम्म कुनै कुरामा निश्चित भइसकेको छैन ।’

च्याम्पियन्स लिगबारे…

‘म यो उपाधि पुनः जित्न चाहन्छु । आफैंप्रति खेद व्यक्त गर्न चाहन्छु कि यसपाली फाइनलमा पुग्न सकिन ।’

कुन एग्युरोबारे...

‘हरेक कुरामा उनलाई मिस गरिरहेको छु । मलाई उनीसँग खेल्न विषेश मनपर्छ । हामी दिनभर सँगै हुन्थ्यौं । सबै कुराहरु हुन्थे । अहिले त्यही याद गरिरहेको छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?