+
+

बजेटले निजी क्षेत्रलाई विकास इन्जिनका रुपमा स्वीकार गर्‍यो : चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १५:१९

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान विन्दु भएको बताएका छन् ।

बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटले निजी क्षेत्रलाई विकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताए ।

मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगाग्नु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे । ‘यो पटक अर्थमन्त्रीजीले खास गरिकन निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दूरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु सुधारतर्फको पहिलो महत्वपूर्ण चरण हो’, उनले भने ।

स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानीय भएको कांग्रेस सांसद चौधरीले बताए । वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु राम्रो भएको उनले बताए ।

सांसद चौधरीले अघि भने, ‘स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोग, वैदेशिक लगानी गर्नलाई समेत महिनौँ, वर्षौसम्म ढोका ढोका चाहार्नुपर्ने स्थितिलाई चिर्दै १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था बजेटले गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?