+
+

प्रहरी महानिरीक्षक सिंहको बढुवा विरुद्धको रिट ३० जेठमा सुनुवाई हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १७:५२

१७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई विपक्षी बनाइएको बढुवासम्बन्धी सबै रिटको सुनुवाई जेठ ३० गते गर्ने भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका विषयमा परेको रिट र प्रहरी महानिरीक्षक (आईजी) बढुवाको विषयमा परेको रिटलाई सँगै राखेर जेठ ३० गते सुनुवाई गर्ने आदेश दिएको हो ।

सरकारले सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

सिंहलाई वरिष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्यस्तै सिंहलाई वरिष्ठता मिचेर आईजीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले पनि रिट दायर गरेका थिए । मंगलबार न्यायाधीश श्रेष्ठ र चुडालको इजलासले यी दुबै विषयको रिटलाई सँगै राखेर सुनुवाई गर्ने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?