+
+

अभिनेत्री मिरुना मगरसँग फुर्पा तामाङले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १९:२२

काठमाडौं । ‘कवड्डी-४’ फिल्म हेर्न पुगेका दर्शक र अभिनेत्री मिरुना मगरबीच भएको विवादमा दुवै पक्षले सम्झौता गरेका छन् । फिल्म निर्माण पक्षका अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ र बौद्ध भिक्षुका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ आदिले संयुक्त हस्ताक्षर गरी यो विवादलाई टुंगो लगाएका हुन् ।

दुवै पक्षवीच भएको सम्झौता पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कबड्डी ४ : द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएकी छिन् ।’

साथै अभिनेत्रीले कुनै पनि जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको सम्झौता पत्रमा स्पष्ट पारेकी छन् । ‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन्,’ सम्झौता पत्रमा उल्लेख छ ।

दुवै पक्षका अभिभावक बसेर आगमी दिनमा यस विषयलाई लिएर विवाद नगर्ने, एकअर्कालाई टिप्पणी नगर्ने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलिन नदिन सबैसमक्ष अपील गरिएको उक्त पत्रमा लेखिएको छ ।

सम्झौता पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई, कालीप्रसाद बाँस्कोटाले हस्ताक्षर गरेका छन् । यसैगरी फुर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

फिल्म हेर्न सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा पुगेका फुर्पा तामाङले आफूलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मिरुना मगरले थप्पड हानेकी थिइन् । साथै उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

प्रहरीले बौद्ध भिक्षुसमेत रहेका तामाङलाई हिरासतमा राखेपछि उनका पक्षधर ‘रिहाइ’को माग गर्दै विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध प्रदर्शन गर्दै चावहिलको केएल टावरमा फिल्मको पोस्टर जलाएका थिए । विवादकै कारण केएल टावरस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म कबड्डी–४ को प्रदर्शन स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?