+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मिनिसो, मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १३:३७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएको  छ । बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो ।

यस योजनामा ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआरमार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम रु. ३०० सम्म ) क्यासब्याक पाउनेछन् ।

यो योजना १८ जेठ बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?