+
+

नेपाल राष्ट्रिय विद्यापीठ वीरगञ्जका तत्कालीन प्रअविरुद्ध भ्रष्टचारको मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १७:४१

१८ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रधानाध्यापक बलराम श्रेष्ठसँग ३० लाख ४२ हजार ३७८ रुपैयाँ र राकेशमान श्रेष्ठसँग २९ लाख ५० हजार रुपैयाँ विगो माग गरेको छ ।

जिल्ला शिक्षा कार्यालय, पर्साबाट आर्थिक वर्ष २०६८/०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत जम्मा २९ लाख ५० हजार रुपैयाँ सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको, २०६७/०६८ को साउनदेखि असोजसम्मको तलब र दशै खर्चवापतको रकम ९२ हजार ३७८ रुपैयाँ दोहोरो तलब लिएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?