+
+

चिलीमा भेटियो संसारकै बुढो रुख, ५४८४ वर्ष पुगेको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते ११:०६

पृथ्वीमा रहेका रुखहरूमध्ये सबैभन्दा बुढो रुख कति वर्षको होला ? के तपाईं पत्याउनुहुन्छ कि संसारको सबैभन्दा पूरानो रुख झण्डै साढे ५ हजार वर्ष उमेरको छ ।

चिलीको दक्षिणी इलाकास्थित एक राष्ट्रिय निकुञ्जमा रहेको यो हजारौं वर्ष पूरानो रुख अहिले पनि हराभरा छ ।

दक्षिण चिलीको अलर्स कोस्तेरो राष्ट्रिय निकुञ्जमा यो रुख रहेको छ । उक्त रुखको नाम साइप्रेस ट्री हो । यो रुखलाई वनस्पतीविद्हरूले ग्रेट ग्राण्डफादर पनि भन्ने गरेका छन् ।

फ्रान्सको पेरिसस्थित क्लाइमेट एण्ड इनभाइरोमेन्ट साइन्सेस ल्याबका पर्यावरणविद जोनाथन बारिचविचका अनुसार उक्त साइप्रेस ट्री को उमेर ५४८४ वर्ष भएको छ ।

उनका अनुसार उक्त रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । यो एक संकटापन्न प्रजातिको रुख हो ।

जोनाथनका अनुसार कम्प्युटर मोडेलका माध्यमबाट रुखको विकासको ८० प्रतिशत कहानी ठ्याक्कै पत्ता लगाउन सकिन्छ । त्यसरी पत्ता लगाइएको उमेरभन्दा वास्तविक उमेर कम हुने सम्भावना केवल २० प्रतिशत मात्र रहन्छ ।

स्मरण रहोस् यसअघि अमेरिकाको क्यालिफोर्नियास्थित ह्वाइट माउन्टेन्समा रहेको ब्रिस्टलकोन सल्लाको रुख सबैभन्दा बुढो रुखको रुपमा रहेको थियो । मेथुसेलाह नामक उक्त सल्लाको रुखको उमेर ४८५३ वर्ष छ । तर चिलीमा फेला परेको साइप्रेस रुखको उमेर उक्त सल्लाको भन्दा करिब ६ सय वर्ष बढी छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?